• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटमा महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी आँखा स्वास्थ्य कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ जेष्ठ १६, शुक्रबार १८:१३
    3.7K
    SHARES
    धुर्कोटमा महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी आँखा स्वास्थ्य कार्यक्रम सम्पन्न

    बासुदेव पोखरेल/ गुल्मी, १६ जेठ  — गुल्मीको धुर्कोट गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी आँखा रोग स्वास्थ्यसम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरिएको छ। सेवा नेपालको सहयोगमा नेपाल नेत्रज्योति संघ, आँखा उपचार तथा शल्यक्रिया केन्द्र, तम्घास गुल्मीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रमका बारेमा जानकारी दिंदै संघका सचिव पदम पाण्डेले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आँखासम्बन्धी प्रारम्भिक चिन्ह, लक्षण र प्राथमिक उपचारबारे सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भयो ।

    धुर्कोट गाउँपालिका कार्यालय परिसरमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल नेत्रज्योति संघ गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डेले गर्नुभएको थियो। गाउँपालिका अध्यक्ष भूपाल पोखरेल कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो भने उपाध्यक्ष सीता गिरीको विशेष आतिथ्यता रहेको थियो।

    त्यसैगरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमलाल खनाल, संघका सचिव पदम पाण्डे लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भूपाल पोखरेलले भन्नुभयो, “महिला स्वास्थ्य स्वयंसेविकाहरू हाम्रो समुदायको पहिलो स्वास्थ्य सन्देशवाहक हुन्। तिनलाई आँखा स्वास्थ्यसम्बन्धी सीप प्रदान गर्नु सम्पूर्ण गाउँको हितका लागि महत्वपूर्ण छ। यस्तो कार्यक्रमले महिला स्वयंसेविकाको भूमिका अझ प्रभावकारी बनाउनेछ।

    कार्यक्रम सञ्चालन वरिष्ठ नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले गर्नुभएको थियो।

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ १६, शुक्रबार १८:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP