• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘महिनावारी स्वच्छतामा म र मेरो जिम्मेवारी’ विषयक वक्तृत्वकला सम्पन्न

    • lumbinisanjal
    • २०८२ जेष्ठ १४, बुधबार २०:५३
    5.2K
    SHARES
    ‘महिनावारी स्वच्छतामा म र मेरो जिम्मेवारी’ विषयक वक्तृत्वकला सम्पन्न

    गुल्मी, जेठ १४ ।  मे २८ मा मनाइने अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा धुर्कोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ‘महिनावारी स्वच्छतामा म र मेरो जिम्मेवारी’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम धुर्कोट गाउँपालिका–५ स्थित हिमालय माध्यमिक विद्यालयको परिसरमा सम्पन्न गरिएको हो।

    कार्यक्रम विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा धुर्कोट  गाउँपालिकाकी उपाध्यक्ष सीता गिरीको प्रमुख अतिथिता  धुर्कोट आधारभूत स्वास्थ्य केन्द्रका डा. लालबहादुर खत्री, स्टाफ नर्स जया बोगटी तथा अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गिरीले भन्नुभयो, “महिनावारी स्वच्छता आजको संवेदनशील र आवश्यक विषय हो। किशोरीहरू यो विषयमा खुलेर बोल्न थालेको देखिनु सकारात्मक परिवर्तनको संकेत हो। समाजको सोच बदल्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्छन्।”

    डाक्टर खत्रीले भन्नुभयो, “महिनावारीको समयमा व्यक्तिगत सरसफाइ र पोषणमा विशेष ध्यान दिन आवश्यक छ। यस्ता चेतनामूलक कार्यक्रमहरूबाट किशोरीहरूमा सकारात्मक सोच र व्यवहारको विकास हुन्छ।”

    स्टाफ नर्स जया बोगटीले भन्नुभयो, “महिनावारीका विषयमा अझै पनि बुझाइको अभाव देखिन्छ। किशोरीहरूले यस विषयमा आत्मविश्वासका साथ अभिव्यक्त हुन सक्नु नै ठूलो उपलब्धि हो।”

    कार्यक्रममा कक्षा ६ देखि १० सम्मका १४७ जना छात्रा सहभागी हुनु भएको थियो। तीमध्ये ११ जना छात्राहरूले वक्तृत्वकला प्रतियोगितामा भाग लिनुभएको थियो।

    प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। विजयी छात्राहरूलाई नगद राशिसहित प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरेर सम्मान गरिएको थियो।
    कार्यक्रमको सञ्चालन धुर्कोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले गर्नुभएको थियो।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १४, बुधबार २०:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP