• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    करिश्मा पोलिक्लिनिकमा नि:शुल्क थाइराईड परिक्षण

    • lumbinisanjal
    • २०८२ जेष्ठ १४, बुधबार १४:०३
    4.4K
    SHARES
    करिश्मा पोलिक्लिनिकमा नि:शुल्क थाइराईड परिक्षण

    बुटवल, १४ जेठ । विश्व थाईराईड दिवसको अवसरमा बुटवल स्थित करिश्मा पोलिक्लिनिक प्रालीमा नि:शुल्क थाईराईडको परिक्षण तथा परामर्श सेवा दिईएको छ । थाइराईड बारे सचेतना जगाउने उदेश्यका साथ कार्यक्रम गरिएको पोलिक्लिनिकका संचालक अशोक राईले बताउनुभयो ।

    स्वास्थ्य क्षेत्रको आम नागरिकको पहुँच बढाउन संस्थाबाट सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत रोगबारे सजगता र नियमित परीक्षणमा जोड दिदै आएको राइले बताउनुभयो ।

    दिउसो ३ घण्टाको अवधिमा १५० जना बिरामीहरुले परिक्षण गरिएको उहाँले बताउनुभयो । प्रतिब्यक्ति १२ सय रुपैया बराबरको नि:शुल्क थाइराईडको परिक्षण सेवा र चिकित्सकिय सेवा दिएको उहाँले बताउनुभयो ।

    जनरल फिजिसियन चिकित्सक डा. प्रशान्त गुप्ताले परिक्षण गरिएको सेवाग्राहीको रिर्पोट अनुसार आवश्यक सल्लाह दिनुभएको थियो ।

    थाइराईड एउटा पुतली आकारको ग्रन्थी हो जुन घाँटीको अगाडि भागमा हुन्छ । यसले थाइरक्सिन (टि ४) र ट्राईआयोडोथायरोनिन (टि ३) नामक हर्मोन उत्पादन गर्छ, जसले हाम्रो शरीरको मेटाबोलिज्म, तौल, हृदय गति, मानसिक अवस्था र तापक्रम नियन्त्रणमा सहयोग गर्छ ।

    थाइराइड एक सानो ग्रन्थी भए पनि यसको सन्तुलनले शरीरका धेरै कार्य प्रभावित पार्न सक्छ । समयमै परीक्षण, सन्तुलित जीवनशैली, र उचित उपचारले थाइराइड समस्यालाई पूर्ण रूपमा व्यवस्थापन गर्न सकिन्छ ।

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ १४, बुधबार १४:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP