• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    अब डाक्टर इन्जिनियर समावेशी कोटामा पढ्न नपाइने

    • lumbinisanjal
    • २०८२ जेष्ठ ९, शुक्रबार १७:३३
    2.9K
    SHARES
    अब डाक्टर इन्जिनियर समावेशी कोटामा पढ्न नपाइने

    काठमाडौं,९ जेठ । समावेशी तथा आरक्षित कोटामा डाक्टर इन्जिनियर लगायत विशिष्टीकृत अध्ययन गर्ने व्यवस्था सरकारले हटाउने भएको छ ।

    सरकारले आर्थिक सुधार कार्यान्वयन योजना, २०८२ स्वीकृत गर्दै विशिष्टीकृत सेवामा कोटा प्रणाली खारेज गर्ने कार्ययोजना अगाडि सारेको हो ।

    ‘विशिष्टीकृत सेवाहरू जस्तै डाक्टर, पाइलट, इन्जिनियर आदिमा कोटा प्रणालीले गर्दा उत्पादन ऋणात्मक बनेको हुँदा कोटा प्रणाली खारेज गर्ने’, सरकारको कार्ययोजनामा भनिएको छ ।

    सो कार्ययोजना एक वर्षभित्र लागू भइसक्ने सरकारले जनाएको छ । सरकारले अगाडि सारेको कार्ययोजना कार्यान्वयन हुँदा विशिष्टीकृत शिक्षामा अब सबैले स्वतन्त्र प्रतिस्पर्धा गरेर मात्रै अध्ययन गर्न पाउने अवस्था सिर्जना हुने देखिएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ९, शुक्रबार १७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP