• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

    • lumbinisanjal
    • २०८२ बैशाख ३१, बुधबार ०८:५३
    5.4K
    SHARES
    लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

    बुटवल , ३१ बैशाख । लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

    अधिवेशन प्रारम्भको अवसरमा आजको बैठकमा विभिन्न दलका तर्फबाट सांसदहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । प्रदेश सरकारले आगामी जेठ ४ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन गत फागुन ७ गते अन्त्य भएको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख ३१, बुधबार ०८:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP