• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढ्यो : महासचिव पोखरेल

    • lumbinisanjal
    • २०८२ बैशाख २८, आईतवार १०:५५
    1.9K
    SHARES
    प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढ्यो :  महासचिव पोखरेल

    काठमाडौं,२८ बैशाख । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढेको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अहिले प्रचण्डका हरेक बोलीमा तथ्य नभइ कुण्ठामात्रै रहेको टिप्पणी गरेका छन् ।

    माओवादी अध्यक्ष दाहालले सरकारबारे गरेको टिप्पणी र सरकार डरले रुझेको बिरालो जस्तै बनेको भन्ने अभिव्यक्तिको जवाफ स्वरुप महासचिव पोखरेलले सरकारका उपलब्धि प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने कुरा एउटा पनि नगरेको बताएका थिए। ‘यो सरकारको रुझेको बिरालोको हालत भएको छ,’ उनले भनेका थिए, ‘सरकार दुई तिहाइको छ तर मनमा डर बोकेर बसेको छ।’

    महासचिव पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदाको भन्दा अहिले राजश्वमा उल्लेख वृद्धि भएको जनाएका छन् । उनले विदेशी मुद्राको सञ्चिती बढेको, शोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको बताएका छन् । यस्तै, निर्माण व्यवसायीलाई काम वापतको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तिव्रता आएको लगायत १२ बुँदे उपलब्धि उल्लेख गरिएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २८, आईतवार १०:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP