• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गैरआवासीय नेपालीलाई वंशजको आधारमा नागरिकता दिनुपर्छ : सांसद सापकोटा

    • lumbinisanjal
    • २०८१ माघ २०, आईतवार ०९:२५
    3.2K
    SHARES
    गैरआवासीय नेपालीलाई वंशजको आधारमा नागरिकता दिनुपर्छ : सांसद सापकोटा

    काठमाडौं , २० माघ । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन)लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    सांसद सापकोटाले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग गरिन् । उनले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताइन् । उनले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन् । उनले आर्थिक स्थिति वृद्धि गर्नका लागि धेरै कानुनहरू निर्माण गर्न जरुरी रहेको बताइन् ।

    उनले भनिन्, ‘आमाको नामबाट नागरिकता बन्ने जुन अध्यादेश आएको छ । यो एकदमै राम्रो छ । एनआरएनका साथीहरूलाई पनि वंशजको नागरिकता दिनुपर्छ । किनभने उनीहरू नेपाली हुन् । विदेशमा काम गर्नको निम्ति गएका हुन् । उनीहरूलाई वंशजको नामबाट नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरी आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्दछु ।’

    सांसद सापकोटाले दुई दलले मात्रै संविधान संशोधन हुन नसकेपनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताइन् । संविधान संशोधनमार्फत नागरिकलाई सहज सेवा दिनु सबै राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताइन् ।



    lumbinisanjal   
  • २०८१ माघ २०, आईतवार ०९:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP