• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री पौडेल

    • lumbinisanjal
    • २०८२ बैशाख २३, मंगलवार १६:३६
    2.1K
    SHARES
    नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौँ,  २३ वैशाख  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गर्नुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताउनुभयो । उहाँले काठमाडौँभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहेको भए पनि काठमाडौँ बाहिर भने जनशक्तिको पूर्ण रूपमा अभाव रहेको बताउनुभयो । उहाँले सङ्घीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको जानकारी दिनुभयो ।

    उहाँले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौँ बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने बताउनुभयो । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको बताउनुभयो । यसैगरी, मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले सिफारीस गरेको बिमा प्रणाली लागु गर्न सकेमा आम नागरिकले कम पैसामा गुणस्तरीय सेवा पाउन सक्ने बताउनुभयो । साथै उहाँले यो वर्ष नयाँ–नयाँ स्वास्थ्यका कार्यक्रमा नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिनुभययो ।

    यसैगरी, मन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गरेको उल्लेख गर्नुभयो । उहाँले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा विस्तार गरिरहेको बताउनुभयो । उहाँले राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए चार प्रतिशत लगानीले नपुग्ने उल्लेख गर्नुभयो ।

    त्यस्तै, उहाँले यो वर्ष वीर अस्पतालको दुवाकोटमा अस्पताल निमार्णका लागि डिपिआर गर्न बजेटमा समावेश गराएको जानकारी दिनुभयो । उहाँले नेपालमा गुणस्तरीय जनशक्ति उत्पादन गर्दै आए पनि नेपालमा टिकाउन मुस्किल पर्ने बताउनुभयो । यो समस्या रोक्न सरकारले ध्यान दिनुपर्ने बेला आएको जिकिर गर्नुभयो । – न्युज एजेन्सी नेपाल



    lumbinisanjal   
  • २०८२ बैशाख २३, मंगलवार १६:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP