• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    पहिलो बुटवल सडक महोत्सवको उद्घाटन

    • lumbinisanjal
    • २०८१ चैत्र ३०, शनिबार २१:३७
    16.6K
    SHARES
    पहिलो बुटवल सडक महोत्सवको उद्घाटन

    बुटवल ,३० चैत । रुपन्देहीको बुटवलमा लाइभ म्युजिकसहितको सडक खाना महोत्सवको एक समारोहका बिच उद्घाटन गरिएको छ । नयाँ वर्ष २०८२ को स्वागतमा रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल (रेबन) रुपन्देहीको आयोजनामा आज देखी  ‘सडकमै खाऔँ, सडकमै रमाऔं’ भन्ने नारा सहित सडक खाना महोत्सवको आयोजना गरेको हो ।

    रेबन रुपन्देहीका अध्यक्ष प्रसन्न कोइरालाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी पाण्डेले आर्थिक हवको रुपमा चिनिएको बुटवलमा यस्ता कार्यक्रम आयोजना गर्नु सकारात्मक पक्ष रहेको बताएका थिए । पाण्डेले रेबनलाई धन्यवाद ज्ञापन गर्दै उपमहानगरपालिकाले जुनसुकै ढंगले सहयोग र सहकार्य गर्न तयार रहेको र बुटवल बासी तथा रुपन्देहीबासीले एकपटक अवलोकन गरि खाना संगै लाइभ म्युजिकमा रम्न आग्रह गरेका थिए ।

    कार्यक्रमका अध्यक्ष प्रसन्न कोइरालाले आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरि आयोजना गरेको कार्यक्रममा समस्तको साथ सहयोगको खाचो रहेको बताएका थिए । उनले बुटवलका रेष्टुरेन्ट व्यवसायी साथीहरुको नैरश्यता मेटाउन र थप उर्जा कायम गर्न महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सव सफल पार्न रातदिन खट्ने व्यवसायी साथीहरु तथा सहयोग गर्ने समस्तमा धन्यवाद ज्ञापन गरेका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल , बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे , होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी , उपाध्यक्ष कमल कुवंर , नेपाली कांग्रेसका नेता चिरञ्जीवी जोशी , वार्डका जनप्रतिनिधि लगायतले आफ्ना मन्तव्य राखेका थिए ।

    बुटवलको कालिकापथ सडकमा मिलनचोक तिनकुने चोकदेखि कालिकानगर शिवालय मन्दिरसम्म ५० बढी स्टल रहेको महोत्सवमा लाइभ म्युजिक , झाकी , विभिन्न सांस्कृतिक झलक संगै दोहोरीको रमाइलो संगै बिभिन्न खानाका परिकारहरु चाख्न सकिने छ । महोत्सव आज देखि तीन दिन सम्म चल्ने छ ।

    आजका आकर्षकहरु : 



    lumbinisanjal   
  • २०८१ चैत्र ३०, शनिबार २१:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP