• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल बहुमुखी क्याम्पसमा ‘बिजनेस ह्याकाथन २०२५’ सुरु

    • lumbinisanjal
    • २०८१ माघ १७, बिहीबार १२:४५
    4.3K
    SHARES
    बुटवल बहुमुखी क्याम्पसमा ‘बिजनेस ह्याकाथन २०२५’ सुरु

    बुटवल, माघ १७ । बुटवल बहुमुखी क्याम्पस, बुटवलमा आजदेखि ‘बिजनेस ह्याकाथन २०२५’ औपचारिक रूपमा सुरु भएको छ। बीबीए विद्यार्थी क्लबद्वारा आयोजित उक्त कार्यक्रम कोपिल पौडेलको सञ्चालनमा गरियो। समारोहमा कोपिल पौडेलले “सबैभन्दा अघि जसले काम राख्छ, यो संसारले याद उसकै नाम राख्छ।” भन्ने भनाइ प्रस्तुत गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, विद्यार्थी, शिक्षक, तथा स्वयंसेवकहरूलाई स्वागत गर्नुभयो। राष्ट्रिय गान बजाइ कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।

    कार्यक्रममा तेजस, संकल्प, सिद्धि, सगरमाथा, अध्या, समृद्धि, साम्य, जागरूकता, ओजस, मोक्ष, र धैर्य गरी विभिन्न नौवटा क्याम्पसबाट कुल ११ समूह प्रतिस्पर्धामा सहभागी भएका छन्।

    कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक मुक्तिनाथ गैह्रे रहनुभएको थियो। उहाँले चार दिनसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। मुक्तिनाथ गैरेज्यूका अनुसार, “विद्यार्थीहरू अब राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि बहस गर्ने बेला आएको छ। अब रणनीति लिएर अघि बढ्न आवश्यक छ।” उहाँले थप्दै भन्नुभयो, “बहस राजनीतिज्ञहरूको भाषण जस्तो होइन, शिक्षित व्यक्तिहरूले गर्ने तर्कसंगत हुनुपर्छ।”

    कार्यक्रममा ब्लुकोड एजुकेसनका प्रबन्धक शैलेन्द्र ज्ञवालीले व्यक्तिगत अनुभव साट्दै विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। उहाँले भन्नुभयो, “आफूमा विश्वास गर्नुपर्छ, आफ्नो कामलाई निरन्तरता दिनुपर्छ। असफलता नै सफलताको मुख्य सूत्र बन्न सक्छ।”

    सन्देश पाण्डेको स्वागत मन्तव्य प्रस्तुत गर्दै, प्रतियोगिता कसरी सञ्चालन हुँदैछ भन्ने जानकारी सम्पूर्ण सहभागीहरूलाई दिनुभयो। उहाँले भोलि १८ गते बहस प्रतियोगिता साथै १९ र २० गते अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ भन्ने जानकारी दिनुभयो।

    कार्यक्रम संयोजक तृप्ति न्यौपाने र अध्यक्ष सन्देश पोखरेलले प्रतियोगितामा सहभागी सम्पूर्ण क्याम्पसका समूहहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

    कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष सन्देश पोखरेलले “कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिने सम्पूर्ण स्वयंसेवक तथा स्वयंसेविकाहरूलाई विशेष धन्यवाद” व्यक्त गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८१ माघ १७, बिहीबार १२:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP