• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    सडक दुर्घटना : तिलोत्तमका पाठकको ज्यान गयो

    • lumbinisanjal
    • २०८१ चैत्र १३, बुधबार १३:०७
    7.5K
    SHARES
    सडक दुर्घटना : तिलोत्तमका पाठकको ज्यान गयो

    बुटवल,१३ चैत । रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठककाे सडक दुर्घटनामा निधन भएकाे छ।

    तिलाेत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चाैराहमा दुर्घटनामा परेका थिए।

    ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो ३:३३ बजे आफैंले चलाएकाे लु ३६प ८४४८ नम्बरको माेटरसाईकलमा बुटवल तर्फ जांदै गरेका पाठकले बा ०१०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा उक्त दुर्घटना भएकाे हाे।

    दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घाेषणा गरेका थिए।



    lumbinisanjal   
  • २०८१ चैत्र १३, बुधबार १३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP