• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    शुद्धोदन गाउँपालिकामा राजा शुद्धोदनको मूर्ति स्थापनाबारे अन्तरक्रिया

    • lumbinisanjal
    • २०८१ चैत्र १२, मंगलवार १६:५०
    2.2K
    SHARES
    शुद्धोदन गाउँपालिकामा राजा शुद्धोदनको मूर्ति स्थापनाबारे अन्तरक्रिया

    बुटवल ,१२ चैत । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम मंगलबार पालिकाको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा मूर्तिको डिजाइन, निर्माण प्रक्रिया तथा यसको ऐतिहासिक महत्वबारे छलफल गरिएको थियो। राजा शुद्धोदनको मूर्ति गाउँपालिकाको भवन अगाडि राखिने भएकोले राजा शुद्धोदनको मूर्तिको बारेमा विहङ्गम तरिकाले खाेज अनुसन्धान गरि ऐेतिहासिक तथा पुरातात्विक लक्षण/ नीतिका विषयमा कार्यपत्रहरूकाे प्रस्तुत एवम् अन्तर्क्रिया कार्यक्रम गरिएको शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताउनुभयो ।लुम्बिनी बौद्ध विश्व विद्यालय लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक डा. गितु गिरी,लुम्बिनी बौद्ध विश्व विद्यालय बौद्ध अध्ययन विभागका प्रमुख भिक्षु डा डीमा शेर्पा,लुम्बिनी बौद्ध विश्व विद्यालय, बौद्ध अध्ययन संकाय, उपप्राध्यापक भिक्षु वजिर भन्ते,लुम्बिनी बौद्ध विश्व विद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रका सहायक प्रध्यापक सुमन्तराज न्यौपानेले कार्यपत्र प्रस्तोता प्रस्तुत गर्नुभएको थियो।

    उक्तकार्यक्रममा शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा र लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमालेका सचेतक तुल्सी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्वविद्हरू तथा शुद्धोदन गाउँपालिकाका विभिन्न राजनीति दल,विभिन्न संघसंस्था,शिक्षक,पत्रकारअन्य विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा उपस्थितमा शुद्धोदन राजाको मूर्तिको आकृति, मुखको बनावट तथा अन्य लक्षणहरूबारे गहिरो अध्ययन गरी, ऐतिहासिक दस्तावेजका आधारमा मूर्ति निर्माण गर्ने निर्णय गरियो। यसले शुद्धोदन राजाको ऐतिहासिक र सांस्कृतिक महत्त्व उजागर गर्ने अपेक्षा गरिएको छ।

    साथै, लुम्बिनी क्षेत्रको इतिहास र संस्कृति सँग मूर्तिलाई जोड्नका लागि विभिन्न राष्ट्रहरूसँगको सहकार्य आवश्यक रहेको विषयमा पनि छलफल भएको थियो।

    कार्यक्रममा सहभागीहरूले लुम्बिनी क्षेत्रको ऐतिहासिक महत्वलाई पुनः उजागर गर्दै, यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि थप सहकार्य आवश्यक रहेको बताउनुभयो।शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र कार्यक्रम सञ्चालन शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तीको रहेको थियो।



    lumbinisanjal   
  • २०८१ चैत्र १२, मंगलवार १६:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP