• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पसद्वारा दिप प्रज्वलन

    • lumbinisanjal
    • २०८१ माघ १६, बुधबार १७:२२
    5.9K
    SHARES
    नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पसद्वारा दिप प्रज्वलन

    बुटवल माघ १६ । सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो । नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ ।

    राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ । उक्त दिनको अवसरमा नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस इकाई समितिले सहिदको सम्मान स्वरुप दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । 

    नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पसका सभापती शिद्धार्थ श्रेष्ठको अध्यक्षता तथा नेविसंघका केन्द्रीय सदस्य अशोक गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथी गौतमले सवै खाले आन्दोलनका क्रममा आफ्नो ज्यान आहुती दिने सहिदहरुको सम्झनामा दिप प्रज्वलल गरि सम्झनु पर्ने बताएका थिए । उनले सहिदहरुको कठोर मिहिनेतले मात्र हामीले लोकतन्त्रको खास प्रत्याभूती गरेको बताएका थिए ।

    कार्यक्रमका अध्यक्ष श्रेष्ठले देश र जनताको लागि बलिदान दिएका सहिदहरुप्रतिको सम्मान स्वरुप दिप प्रज्वलन गरिएको बताए । कार्यक्रममा नेविसंघ जिल्ला कोषाध्यक्ष रोसन थापा , स्ववियु सचिब निराजन खरेल, उपसभापति गणेश न्यौपाने, मिलन बि.क
    , इकाई सचिब सिद्धार्थ कोइराला , इकाई कोषाध्यक्ष आदर्श पाण्डे , सह-सचिबहरु युवराज पाण्डे , दाेर्णधाेज मल्ल लगायतले सहिदको सम्झनामा मन्तव्य राखेका थिए ।

    कार्यक्रममा नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पसमा आवद्ध विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको इकाई सह-सचिब युवराज पाण्डेले लुम्बिनी सञ्जाललाई जानकारी दिए ।

    निराजन खरेलको स्वागत संगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिब शिदार्थ कोइरालाले गरेका थिए ।



    lumbinisanjal   
  • २०८१ माघ १६, बुधबार १७:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP