• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा पोखरामा झडप, केही घाइते

    • lumbinisanjal
    • २०८१ फाल्गुन २३, शुक्रबार ०६:५८
    3.2K
    SHARES
    नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा पोखरामा झडप, केही घाइते

    पोखरा , २३ फाल्गुन । पोखराको लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा कोटीहोम आयोजनाका लागि गरिएको भूमिपूजनलाई लिएर दुई पक्षबीच झडप भएको छ।

    पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न नपाउने अडान लिएपछि उत्पन्न तनाव झडपमा परिणत भएको हो।

    भूमिपूजन रोक्न महानगरको अनुरोधमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति जटिल बनेको हो ।

    यस घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्। मानव सेवा फाउन्डेसनले कोटिहोम आयोजना गर्न बाराहीघाट क्षेत्र चयन गरेको छ । तर अनुमति नलिई काम अघि बढाएको भन्दै महानगरले आपत्ति जनाएको छ।

    महानगरका प्रहरीसहित नेपाल प्रहरी पनि खटिएपछि कोटिहोम पक्षधर आक्रमणमा उत्रेका थिए । घाइते नगर प्रहरीलाई अस्पताल पुर्‍याइएको मेयर धनराज आचार्यले बताए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २३, शुक्रबार ०६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP