• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    ‘फोटो खिच्न होइन, शहीद परिवारको पीडामा ऐक्यबद्धता जनाउन पुगेको हुँ’ – विजय कृष्णमुर्ती जी महाराज

    • lumbinisanjal
    • २०८३ भाद्र २३, मंगलवार २३:३०
    390
    SHARES
    ‘फोटो खिच्न होइन, शहीद परिवारको पीडामा ऐक्यबद्धता जनाउन पुगेको हुँ’ – विजय कृष्णमुर्ती जी महाराज

    बुटवल । देश परिवर्तनका लागि आफ्नो जीवन अर्पण गर्ने जेनजी शहीदहरूको स्मरणमा आयोजित कार्यक्रममा सहभागी भई उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्ने अवसर प्राप्त भयो । आशा गरौँ यो देशले अब नयाँ रूप लिनेछ । युवाहरूले दिएको बलिदानले एउटा सुन्दर, समुन्नत र न्यायपूर्ण नेपालको आधार तयार गर्नेछ । जेनजी शहीदहरूको बलिदान खेर जाने छैन भन्ने विश्वास गरौँ । उहाँहरूले देखेको परिवर्तनको सपना, सुशासन र समृद्धिको चाहना अब हामी सबैको जिम्मेवारी बनेको छ । केही सञ्चारमाध्यममा ‘धर्मगुरु किन यस्तो सभामा?’ भन्ने आशयका समाचारहरू आएको देखेँ । स्वाभाविक रूपमा उहाँहरूलाई आफ्नो दृष्टिकोण राख्ने अधिकार छ, तर मेरो आजको उपस्थितिको आशयलाई अलि फरक ढंगले बुझिएको महसुस भयो ।

    जेनजी शहीद परिवारसँग मेरो आज मात्रको सम्बन्ध होइन । उहाँहरूका परिवारसँग यसअघि पनि पटक–पटक संवाद गर्दै आएको छु, उहाँहरूको पीडा र अवस्थालाई नजिकबाट बुझेको छु । त्यसैले केवल फोटो खिच्न र सामाजिक सञ्जालमा हाल्न वा आफ्नो उपस्थिति देखाउन मात्र त्यहाँ गएको भन्ने भाष्य निर्माण गर्नु पूर्ण रुपमा गलत छ । म नितान्त रुपमा शहीदहरूप्रति श्रद्धा व्यक्त गर्न, उहाँहरूका परिवारसँग ऐक्यबद्धता जनाउन र देशका युवाहरूले देखेको परिवर्तनको सपनाप्रति आफ्नो साथ र सद्भाव व्यक्त गर्न त्यहाँ पुगेको हुँ । साथै यस अभियानमा विगतदेखि नै आफ्नो स्थानबाट साथ, सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेको छु । आयोजक परिवारको विशेष निमन्त्रणालाई आत्मीयतापूर्वक स्वीकार गर्दै आजको कार्यक्रममा उपस्थित भई जेनजी शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्ने अवसर प्राप्त भयो । यस अवसरमा आयोजक परिवारलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समन्वय र सहकार्य गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।



    lumbinisanjal   
  • २०८३ भाद्र २३, मंगलवार २३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP