• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    रसुवा बाढीपीडितको सहयोगमा नेपाली सेफ सोसाइटी, २ लाख ५९ हजार बढी सहयोग

    • lumbinisanjal
    • २०८३ भाद्र १८, बिहीबार १०:४३
    871
    SHARES
    रसुवा बाढीपीडितको सहयोगमा नेपाली सेफ सोसाइटी, २ लाख ५९ हजार बढी सहयोग

    बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली सेफ सोसाइटीले २ लाख ५९ हजार २ सय ८७ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत सोसाइटीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। यस मानवीय अभियानमा संस्थागत कोषसँगै विश्वभर कार्यरत नेपाली सेफहरूले व्यक्तिगत रूपमा समेत आर्थिक योगदान गरेका छन्। देश तथा विदेशमा रहेर पनि विपद्मा परेका नेपालीको दुःखमा साथ दिने सेफहरूको एकता र सहयोग प्रशंसनीय रहेको सोसाइटीले जनाएको छ।

    विपद्को यस दुःखद घडीमा बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशलले बताउनुभयो।‌‌

    उहाँले भन्नुभयो, “विपद्मा परेका नागरिकको पीडामा साथ दिनु नै हाम्रो मानवीय दायित्व हो। देशमा होस् वा विदेशमा, नेपालीको दुःखमा नेपाली सेफहरू सधैँ एकजुट भएर उभिनुपर्छ भन्ने भावनाका साथ यो सहयोग गरेका हौँ।”
    अध्यक्ष कौशलले विपद् प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।



    lumbinisanjal   
  • २०८३ भाद्र १८, बिहीबार १०:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP