• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    बाढीपीडितको पीडामा दलहरूको साझा आवाज, सुनिल शाहाको आह्वानमा बुटवल–११ मा बैठक

    • lumbinisanjal
    • २०८३ भाद्र १४, आईतवार १०:३२
    403
    SHARES
    बाढीपीडितको पीडामा दलहरूको साझा आवाज, सुनिल शाहाको आह्वानमा बुटवल–११ मा बैठक

    बुटवल । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि बुटवल उपमहानगरपालिका–११ का क्रियाशील राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुटवल–११ का सभापति सुनिल शाहाको आह्वानमा आज बसेको बैठकले बाढीबाट प्रभावित नागरिकप्रति साथ, सहयोग, सद्भाव तथा उद्धार–राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको छ।

    बैठकमा रास्वपा बुटवल–११ का सभापति सुनिल शाह, नेपाली कांग्रेस बुटवल–११ का सभापति जितबहादुर मल्ल, नेकपा एमाले बुटवल–११ का अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, नेकपा बुटवल–११ का संयोजक विनोद पछाई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लक्ष्मण श्रेष्ठ सहभागी थिए।

    बैठकले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    दलबीचको राजनीतिक मतभेदभन्दा माथि उठेर विपत्तिको समयमा मानवीय सहयोग र उद्धारलाई प्राथमिकता दिनुपर्ने सन्देश दिँदै बैठकले प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

    यस बैठकलाई बुटवल–११ मा विपद्का बेला राजनीतिक दलहरूबीच सहकार्य र मानवीय एकताको सकारात्मक सुरुवातका रूपमा समेत हेरिएको छ।

     



    lumbinisanjal   
  • २०८३ भाद्र १४, आईतवार १०:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP