• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    बाढीपीडितको राहतका लागि किवानिज क्लब रुपन्देहीले ५० हजार सहयोग गर्ने

    • lumbinisanjal
    • २०८३ भाद्र ११, बिहीबार ११:५४
    286
    SHARES
    बाढीपीडितको राहतका लागि किवानिज क्लब रुपन्देहीले ५० हजार सहयोग गर्ने

    बुटवल । तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति किवानिज क्लब अफ रुपन्देही लुम्बिनीले दुःख व्यक्त गर्दै राहतका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

    क्लबले बाढी तथा पहिरोमा परी ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको प्रयासमा हातेमालो गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

    क्लबका अध्यक्ष गोविन्द प्रसाद भुसालले विपद्को यो कठिन समयमा पीडित नागरिकलाई साथ दिनु सामाजिक संस्थाको दायित्व भएको बताए ।

    उनले विपद्बाट प्रभावित बालबालिका, परिवार तथा समुदायलाई तत्काल राहत र सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै किवानिज क्लबले आफ्नो क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए । “विपद्को पीडामा परेका नागरिकलाई एक्लो महसुस हुन नदिन सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक छ,” अध्यक्ष भुसालले भने।

    क्लबले प्रभावित क्षेत्रमा रहेका बालबालिका तथा परिवारमा शीघ्र आशा र सहज जीवन फर्कियोस् भन्ने कामनासमेत गरेको छ ।
    भोटेकोशीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । खोज, उद्धार तथा राहत कार्य जारी रहेको अवस्थामा विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग घोषणा हुने क्रम बढेको छ।

     



    lumbinisanjal   
  • २०८३ भाद्र ११, बिहीबार ११:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP