• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    भोलि लाग्दैछ सूर्यग्रहण, कहाँबाट देखिन्छ?

    • lumbinisanjal
    • २०८३ श्रावण २६, मंगलवार १३:१४
    507
    SHARES
    भोलि लाग्दैछ सूर्यग्रहण, कहाँबाट देखिन्छ?

    बुटवल । भोलि बुधबार सूर्यग्रहण लाग्दैछ। १२ अगस्ट (२७ साउन २०८३)मा विश्वका केही भागमा सूर्यग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन्।

    भोलिको सूर्यग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्णरूपमा र केही ठाउँमा आंशिक रुपमा मात्रै देखिने नासाले जनाएको छ। यो सूर्यग्रहण नेपालबाट भने देखिने छैन।

    खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्नबाट रोकिन्छ। जसको कारण सूर्यग्रहण लाग्छ।

    सूर्यग्रहण लाग्न चन्द्रमा, सूर्य र पृथ्वी एउटै सिधा रेखामा आउँनुपर्छ।

    भोलि लाग्ने सूर्यग्रहण उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागहरूमा पूर्णग्रहणको रूपमा देखिनेछ। उत्तरी रुसको एउटा सानो र दुर्गम क्षेत्रमा दिउँसोको समयमा सूर्यग्रहण देखिनेछ।

    त्यसपछि यो पृथ्वीमा पूर्व दिशातर्फ बढ्दै स्थानीय समयअनुसार सूर्यास्त हुनुभन्दा ठिक अघि साँझपख स्पेनमा देखिनेछ।

    त्यसैगरी अमेरिकाको उत्तरी भाग, क्यानडा, उत्तर-पश्चिमी अफ्रिका र युरोपका धेरै क्षेत्रहरूमा आंशिक रूपमा भोलिको सूर्यग्रहण देखिनेछ। केही ठाउँहरूमा सूर्यको ९० प्रतिशत वा सोभन्दा बढी भाग ढाकिएको देखिने नासाले जनाएको छ।

    अफ्रिका र मुख्यभूमि युरोपका केही भागहरूमा सूर्यास्तको समयमा ग्रहण देखिनेछ।

    सूर्यग्रहणलाई खाली आँखाले हेर्न नहुने वैज्ञानिकहरुले बताएका छन्।

    साधारण सनग्लास लगाएर पनि सूर्यग्रहण हेर्न मिल्दैन। यसो गर्दा आँखाको रेटिनामा स्थायी रूपमा क्षति पुग्न सक्ने जोखिम हुन्छ।

    विशेष चस्मा लगाएर मात्र सूर्यग्रहण हेर्न सकिने वैज्ञानिकहरू बताउँछन्।

    नासालगायत धेरै संस्थाले भोलिको सूर्यग्रहणको प्रत्यक्ष प्रसारण (लाइभ टेलिकास्ट) गर्ने तयारी गरेका छन्।

    यसअघि २ असोज २०८२ मा पनि सूर्यग्रहण लागेको थियो। त्यतिबेलाको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन।

    त्यतिबेलाको सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्रै देखिएको थियो।

    सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ



    lumbinisanjal   
  • २०८३ श्रावण २६, मंगलवार १३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP