• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    किताबी ज्ञानसँगै सेवाभाव सिकाउँदै वेस्टर्न मेगा कलेजका विद्यार्थी

    • lumbinisanjal
    • २०८३ श्रावण २५, सोमबार १३:४५
    390
    SHARES
    किताबी ज्ञानसँगै सेवाभाव सिकाउँदै वेस्टर्न मेगा कलेजका विद्यार्थी

    बुटवल । वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले अध्ययनसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएका छन्।

    कलेजको दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले साउन महिनाको अन्तिम सोमबार रुपन्देहीको सैनामैना–९, पर्रोहा धामस्थित बोलबम धाम मन्दिर परिसर तथा तिनाउ नदी क्षेत्रमा सरसफाइ र तीर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका हुन्।

    विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप, सामाजिक उत्तरदायित्व, सेवाभाव र सकारात्मक सोचको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताउनुभयो।

    प्राचार्य शर्माले भन्नुभयो, “विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप, सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गराउनु हाम्रो प्रमुख उद्देश्य हो। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै सरसफाइ र सामाजिक सेवामा युवाको सहभागिताले विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य र जिम्मेवारीबोध विकास गर्छ। यस्ता सिर्जनात्मक एवं सेवामूलक गतिविधिलाई कलेजले आगामी दिनमा पनि निरन्तरता दिनेछ।”
    कलेजले साउन महिनाका प्रत्येक सोमबार विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    यस्ता गतिविधिमार्फत विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक सहभागितालाई थप सुदृढ बनाउने लक्ष्य कलेजले लिएको छ।

    साउनको अन्तिम सोमबार मन्दिर परिसर तथा वरपरको वातावरण स्वच्छ राख्ने र दर्शनार्थीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सरसफाइ र समाज रूपान्तरणमा युवाको भूमिका महत्वपूर्ण रहेको भन्दै कलेजले आगामी दिनमा पनि यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।

    यसैबीच वेस्टर्न मेगा कलेजमा स्नातक तहमा ४ वर्षे बीआईटी तथा बीएचएम र स्नातकोत्तर तहमा २ वर्षे एमबीए अध्ययन–अध्यापन हुँदै आएको छ भने वर्ष २०८३ को नयाँ भर्ना समेत खुला गरिएको कलेजले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण २५, सोमबार १३:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP