• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    बुटवल हस्पिटलमा रक्तदान, ५१ युनिट रगत संकलन

    • lumbinisanjal
    • २०८३ श्रावण २०, बुधबार १७:३४
    572
    SHARES
    बुटवल हस्पिटलमा रक्तदान, ५१ युनिट रगत संकलन

    बुटवल । बुटवल हस्पिटल प्रा.लि.को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी तथा अन्य स्वास्थ्य संस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ। अस्पतालको वार्षिक कार्यतालिका अनुसार आयोजित कार्यक्रममा चिकित्सक, नर्स, अन्य कर्मचारी तथा बिरामीका आफन्तहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    कार्यक्रम , रुपन्देही अन्तर्गत रक्तसञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। ‘रक्तदान जीवनदान’ भन्ने सन्देशलाई आत्मसात गर्दै अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नु प्रसाद पौडेलले रक्तदान गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै बिरामीको आवश्यकता र मागअनुसार गुणस्तरीय स्वास्थ्य सेवा तथा सुविधा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    उहाँले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यका साथ अस्पताल निरन्तर अघि बढिरहेको उल्लेख गर्नुभयो।

    सो अवसरमा अस्पतालका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, बुटवल उपमहानगरपालिका–४ का वडा अध्यक्ष नरेश्वर शर्मा पौडेल, गोकर्ण पौडेल, अस्पतालका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख विक्रम खड्का, सहायक मेट्रोन रश्मिता थपलिया तथा सुमन तिमिल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    बुटवल हस्पिटल प्रा.लि. पछिल्लो समय बुटवल क्षेत्रका बिरामीहरूको प्रमुख रोजाइको स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको छ। दक्ष चिकित्सक, आधुनिक स्वास्थ्य सेवा–सुविधा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत अस्पतालले समुदायमा आफ्नो भूमिका थप प्रभावकारी बनाउँदै आएको छ।

      



    lumbinisanjal   
  • २०८३ श्रावण २०, बुधबार १७:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP