• २०८३ श्रावण २९ | Fri, 14 Aug 2026
  • Dark Mode

          Subscribe

    सामाजिक सेवामा सक्रिय बुटवल सोसल ग्रुपद्वारा ट्राफिक प्रहरी बिटलाई अत्यावश्यक सामग्री सहयोग

    • lumbinisanjal
    • २०८३ असार ३१, बुधबार ११:०१
    260
    SHARES
    सामाजिक सेवामा सक्रिय बुटवल सोसल ग्रुपद्वारा ट्राफिक प्रहरी बिटलाई अत्यावश्यक सामग्री सहयोग

    बुटवल । सामाजिक उत्तरदायित्वका विभिन्न अभियान सञ्चालन गर्दै आएको बुटवल सोसल ग्रुपले बुटवलको ट्राफिक चोकस्थित अस्थायी ट्राफिक प्रहरी बिटलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ।

    ग्रुपका अध्यक्ष भोज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रुपका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दैनिक रूपमा सडक व्यवस्थापन, ट्राफिक नियन्त्रण तथा नागरिक सुरक्षामा खटिने प्रहरीको कार्यलाई सहज बनाउन आवश्यक सामग्री सहयोग गरिएको ग्रुपले जनाएको छ।

    कार्यक्रममा अध्यक्ष भोज थापाले “प्रहरी हाम्रो साथी हो। सुरक्षित, व्यवस्थित र अनुशासित समाज निर्माणमा प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण छ। समाज र प्रहरीबीचको सहकार्य अझ सुदृढ बनाउँदै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने उद्देश्यले यो सहयोग गरिएको हो,” भन्ने धारणा व्यक्त गर्नुभयो।

    बुटवल सोसल ग्रुपले स्थापना कालदेखि नै रक्तदान, राहत वितरण, सरसफाइ अभियान, शैक्षिक सहयोग, स्वास्थ्य तथा अन्य विभिन्न सामाजिक सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै समुदायप्रति आफ्नो दायित्व निर्वाह गर्दै आएको छ।

    ग्रुपले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

    कार्यक्रममा ग्रुपका सचिव अशोक राईले कार्यक्रम सञ्चालन गर्दै समुदाय र प्रहरीबीचको सहकार्यले सामाजिक सुरक्षा, आपसी विश्वास र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    उहाँले बुटवल सोसल ग्रुपले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

    सहभागीहरूले यस्ता सहकार्यले समाज र सुरक्षा निकायबीचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका थिए।



    lumbinisanjal   
  • २०८३ असार ३१, बुधबार ११:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP