• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    भाइटलमा आधुनिक लेजर प्रविधिद्वारा पाइल्स, फिसर र फिस्टुलाको उपचार

    • lumbinisanjal
    • २०८३ असार १४, आईतवार १४:५६
    624
    SHARES
    भाइटलमा आधुनिक लेजर प्रविधिद्वारा पाइल्स, फिसर र फिस्टुलाको उपचार

    बुटवल, १४ असार । पाइल्स, फिसर र फिस्टुलाजस्ता जटिल गुदा रोगको उपचार अब बुटवलमै अत्याधुनिक लेजर प्रविधिबाट हुने भएको छ। बुटवल–८ हस्पिटल लाइन  स्थित भाइटल मल्टिस्पेसियालिटी क्लिनिक प्रा.लिले वरिष्ठ पाइल्स, फिसर तथा फिस्टुला रोग विशेषज्ञ डा. आनन्द भट्टराई (MBBS, MS, General & Laparoscopic Surgery) मार्फत आधुनिक लेजर उपचार सेवा सुरु गरेको जनाएको छ।

    क्लिनिकका अनुसार लेजर प्रविधिबाट गरिने उपचारमा कम पीडा हुने, छिटो निको हुने, चिरफार तथा टाँका लगाउन नपर्ने, रगत कम बग्ने तथा संक्रमणको जोखिम न्यून हुने भएकाले बिरामीले उपचारपछि सोही दिन घर फर्किन सक्ने सुविधा उपलब्ध हुनेछ।
    पाइल्सका कारण दिसा गर्दा रगत आउने, मलद्वार वरिपरि मासु पलाउने, दुखाइ हुने, चिलाउने वा बस्न असहज हुने समस्या देखिने गर्छ।

    त्यसैगरी फिसरमा दिसा गर्दा चिरिएजस्तो तीव्र दुखाइ, ताजा रगत आउने तथा लामो समयसम्म पोल्ने समस्या हुन्छ भने फिस्टुलामा मलद्वार वरिपरि पिप वा पानी बग्ने, घाउ दोहोरिने, सुन्निने र ज्वरो आउनेजस्ता लक्षण देखिन सक्छन्।

    यस्ता समस्या लामो समय बेवास्ता गर्दा जटिलता बढ्न सक्ने भएकाले समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिन क्लिनिकले आग्रह गरेको छ।

    क्लिनिकका प्रमुख कार्यकारी अधिकृत सुबास पोख्रेलका अनुसार डा. आनन्द भट्टराई प्रत्येक महिनाको तेस्रो शनिबार उपलब्ध हुनेछन्। इच्छुक बिरामीले अग्रिम नाम दर्ता गरी आधुनिक लेजर प्रविधिबाट उपचार सेवा लिन सक्ने क्लिनिकले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ असार १४, आईतवार १४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP