• २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • Dark Mode

          Subscribe

    एभरेष्ट माविमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

    • lumbinisanjal
    • २०८३ जेष्ठ २७, बुधबार १८:२१
    117
    SHARES
    एभरेष्ट माविमा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

    झबिन्द्र देवकोटा / बुटवल, २७ जेठ । रुपन्देहीको बुटवलमा रहेको एभरेष्ट इ. बोर्डिङ माध्यमिक विद्यालयले नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।

    एसइई उत्तीर्ण गरेर ११ मा अध्ययन सुरु गर्ने  झण्डै छ सय विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको हो । विद्यार्थीलाई स्वागत तथा उच्च शिक्षाकालागि शुभकामना दिदै लुम्बिनी प्रदेश परीक्षा ब्यवस्थापन कार्यालयका शाखा अधिकृत कमलप्रसाद अर्यालले उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीले सही विषय छनोटसँगै लगन, मेहनत र अनुशासनलाई ध्यान दिनु पर्ने सुझाव दिनुभयो । उहाँले विद्यार्थी जीवनमा सिक्ने र अध्ययन गर्ने विषय धेरै भएकाले धर्यता र लक्ष्य केन्द्रीत अध्ययनले विद्यार्थीलाई गन्तव्यमा पुर्याउने विचार राख्नुभयो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले उच्च शिक्षाकालागि अगाडी सरेका विद्यार्थी लक्ष्य केन्द्रीत भएर अध्ययन गर्नु पर्ने बताउनुभयो । उहाँले विद्यार्थीको आन्तरिक गर्जाको विकास गरी अनुशासित र सक्षम बनाउने अभियानमा एभरेष्ट रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले उच्च शिक्षाकालागि अगाडी सरेका विद्यार्थी लक्ष्य केन्द्रीत भएर अध्ययन गर्नु पर्ने बताउनुभयो । उहाँले विद्यार्थीको आन्तरिक उर्जाको विकास गरी अनुशासित र सक्षम बनाउने अभियानमा एभरेष्ट रहेको उल्लेख गर्नुभयो ।

    विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लोकहरी पाण्डे, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, विद्यालयका सहप्राचार्य भिमसेन गौतम, विद्यार्थी दर्शन पौडेल, प्रवृति भण्डारीलगायतले उच्च शिक्षाका लागि अग्रसर विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिदै उत्कृष्टताकालागि लगन र मेहनती भएर अध्ययन गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा ४ जिपीए प्राप्त गरि विभिन्न विद्यालयबाट एभरेष्टमा अध्ययन गर्न पुगेका एक दर्जन विद्यार्थीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने विद्यालयको  विभिन्न तहमा अध्यापनरत शिक्षक कर्मचारीलाई समेत प्रोत्साहन सम्मान गरिएको थियो ।

    शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा चेतना विकास फाउण्डेशनका कार्यकारी प्रमुख कमल सिलवालले विद्यार्थी जीवनमा शैक्षिक यात्रा, विद्यार्थीको लक्ष्यप्राप्ती, उत्कृष्टता हासिल गर्न विद्यार्थी, शिक्षक, अभिभावकको भुमिका विषयमा सहजिकरण गर्नु भएको थियो ।

    विज्ञान र ब्यवस्थापन संकायमा कक्षा ११ मा अध्ययन गर्न आएका साढे पाँच सयबढी विद्यार्थीलाई गरिएको स्वागत कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

     



    lumbinisanjal   
  • २०८३ जेष्ठ २७, बुधबार १८:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP