• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    नवलपरासीमा झडपमा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु

    • lumbinisanjal
    • २०८१ फाल्गुन १४, बुधबार ०३:०३
    1.5K
    SHARES
    नवलपरासीमा झडपमा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु

    बुटवल , १४ फाल्गुन । नवलपरासीमा मंगलबार भएको झडपमा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा भएको झडपमा परी घाइते भएका पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको उपचारको क्रममा भैरहवा सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

    स्थानीय दुई समूहबीच विवाहको विषयलाई लिएर झडप भएको थियो । झडपमा परी २० जना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीलाई २ घण्टा लागेको थियो । अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गर्नुपरेको थियो । झडपमा परी सर्वसाधारणसहित १२ जना प्रहरी र चार जना सशस्त्र प्रहरीसमेत घाइते भएका छन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १४, बुधबार ०३:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP