• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    गगन सिंगो पार्टीको सभापति बन्न सकेनन्, कांग्रेस विभाजनको डिलमा छ: पूर्णबहादुर खड्का

    • lumbinisanjal
    • २०८३ जेष्ठ २, शनिबार १६:५७
    780
    SHARES
    गगन सिंगो पार्टीको सभापति बन्न सकेनन्, कांग्रेस विभाजनको डिलमा छ: पूर्णबहादुर खड्का

    बुटवल , २ जेठ । नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताएका छन्।

    नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वकार्यबहाक सभापति खड्काले पार्टी विभाजनको डिलमा रहेको बताए। आफूसँग भेट गर्न आएका बेला सिंगो पार्टीको सभापति बन्न आग्रह गरेको उल्लेख गर्दै अहिले पनि पार्टी सभापति थापा सानेपाको मात्रै सभापति रहेको खड्काको भनाइ थियो।

    उनले तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए। ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ खड्काले केही दिनअघिको भेटमा सभापति र उपसभापतिलाई भएको कुरा सुनाए, ‘तर, पार्टी मिलाउने कि फुटाउने तपाईहरूको जिम्मामा छ भनेको छु।’

    अदालतले जिताएपछि आफूहरूले पनि सभापति मानेको उल्लेख गरे। भेटमा थापालाई सिंगो कांग्रेसको सभापति बन्न सुझाव दिएको उनले बताए।

    पूर्वकार्यवहाक सभापति खड्काले विशेष महाधिवेशनका कारणले कांग्रेस प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिएको जिकिर गरे। ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो,’ खड्काले भने, ‘त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो।’



    lumbinisanjal   
  • २०८३ जेष्ठ २, शनिबार १६:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP