• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    एमाले र रास्वपाको प्यानललाई हराउँदै कांग्रेसका खत्री निर्वाचित

    • lumbinisanjal
    • २०८३ बैशाख २९, मंगलवार १४:११
    819
    SHARES
    एमाले र रास्वपाको प्यानललाई हराउँदै कांग्रेसका खत्री निर्वाचित

    रुपन्देहीको सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ५औँ अधिवेशन ः कुल २० पदमध्ये अध्यक्षसहित १६ पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

    बुटवल ,२९ वैशाख । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १६, केदलीस्थित सेमलार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ५औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस निकट प्यानलले बहुमत हासिल गरेको छ ।
    शनिबार सम्पन्न मतदान प्रक्रियाबाट अध्यक्षसहित अधिकांश पदमा कांग्रेस निकट उम्मेदवार विजयी भएका हुन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

    निर्वाचन परिणामअनुसार अध्यक्षमा भुवन बहादुर खत्री विजयी भएका छन् भने सचिवमा द्रोण बहादुर गमाल, सहसचिवमा कोपिला जि.सी., कोषाध्यक्षमा प्रेम प्रसाद पौडेल निर्वाचित भएका छन् ।
    यस्तै सदस्यहरूमा सीता सिंह ठकुरी, रेशम खत्री क्षेत्री, हेमलाल पौडेल, बुद्धिराम यादव, खोम बहादुर खत्री, हेमराज कठरिया, गुल्मा डंगौरिया, माया नेपाली, यमकला पल्ली, सुमित्रा न्यौपाने, हरिमाया ढकाल तथा शेर बहादुर थापा निर्वाचित भएका छन् ।
    महिला उपाध्यक्ष पदमा कोपिला कुमारी थापा विजयी भएकी छन् भने ३ सदस्य पदमा अन्य प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।
    त्यसैगरी लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा पूर्ण प्रसाद पौडेल, महिला सदस्यमा दिलमाया तरामु तथा सदस्यमा दीपक पौडेल निर्वाचित भएका छन् ।

    नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाले निर्वाचन सफल बनाउन सहयोग गर्ने निर्वाचन समिति, सुरक्षाकर्मी, कर्मचारी, उम्मेदवार तथा सम्पूर्ण उपभोक्ताप्रति धन्यवाद ज्ञापन गरेको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख २९, मंगलवार १४:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP