• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं वार्षिकोत्सवको अवसरमा फलफुल वितरण तथा सरसफाई

    • lumbinisanjal
    • २०८१ फाल्गुन १२, सोमबार १२:५८
    2.7K
    SHARES
    लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं वार्षिकोत्सवको अवसरमा फलफुल वितरण तथा सरसफाई

    बुटवल, १२ फाल्गुन । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा सोमबार अस्पताल परिसरमा सरसफाई तथा बिरामीलाई सफलफुल वितरण सम्पन्न भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागितामा सरसफाई गर्नुका साथै अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

    यही फागुन १५ गते मूल समारोहका बीच आयोजना हुने वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए । सो अवसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले स्थानीय दिवसलाई भव्य र सभ्य बनाउनका लागि गरिएका रचनात्मक क्रियाकलापले समाजमा सकारत्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । यसैगरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले नियमित जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीहरु सामाजिक क्रियाकलाप तथा अन्य रचनात्मक क्रियाकलापमा सहभागी हुँदा सिर्जनात्मक नेतृत्व क्षमता तथा भूमिकाको बिकास हुने अपेक्षा व्यक्त गरे ।

    स्थापना दिवसका अवसरमा मँगलबार विहान दौड प्रतियोगिता अयोजना गरिएको छ । स्वास्थ्यका लागि दौड भन्ने मूल नारासहित बुटवलको योगीकुटीदेखि अस्पताल परिसरसम्म दौड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता रहने छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत क्रिकेट प्रतियोगिता, फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, रक्तदान कार्यक्रम, गजल प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।

    स्थापनाको अवसरमा आयोजित मूल समारोहका दिन अस्पतालमा २५ वर्ष बढी समय सेवा गरेकाहरुलाई दीर्घसेवा पदकसहित सम्मान गरिने, अनिवार्य अवकास भएकाहरु तथा उत्कृष्ट चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई प्रशंसापत्रसहित सम्मान गरिने प्रमुख प्रशासकीय केसीले जानकारी दिए । अस्पतालको गतिविधि तथा सेवाहरु बारे तयार पारिएको स्मारिका समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । मूल समारोहलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले समुद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    वार्षिक साढे ३ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालमा ८५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्यरत रहेका छन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १२, सोमबार १२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP