• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा मोटरसाइकल दुर्घटना : बाबुको ज्यान गयो, छोरा गम्भीर

    • lumbinisanjal
    • २०८२ श्रावण १८, आईतवार १५:२७
    4.5K
    SHARES
    रुपन्देहीमा मोटरसाइकल दुर्घटना : बाबुको ज्यान गयो, छोरा गम्भीर

    बुटवल ,१८ साउन । रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, दुर्घटनामा परेर पछाडि सवार ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको हो। उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा हुन्।

    मोटरसाइकल चालक तथा उनका छोरा विनोद धवल (उमेर करिब ३०–३२ वर्ष) गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

    दुर्घटना मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ श्रावण १८, आईतवार १५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP