• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत

    • lumbinisanjal
    • २०८२ श्रावण ४, आईतवार १६:३८
    4.8K
    SHARES
    रुपन्देही–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत

    काठमाडौं,०४ साउन ।  निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर निर्वाचन कार्यक्रमबारेमा जानकारी गराएको हो ।

    आयोगका अनुसार असोज ११ गते उम्मेदवारको मनोनयन दर्ता र सूची प्रकाशित हुनेछ । असोज २२ गते सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । जाँचबुझ र निर्णयपछि असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

    असोज २४ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने कार्यक्रम छ । त्यही दिन उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।



    lumbinisanjal   
  • २०८२ श्रावण ४, आईतवार १६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP