• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा स्कुटर दुर्घटना, अस्पताल जाँदै गरेका बिरामीको ज्यान गयो

    • lumbinisanjal
    • २०८२ असार ३०, सोमबार १३:००
    16.4K
    SHARES
    बुटवलमा स्कुटर दुर्घटना, अस्पताल जाँदै गरेका बिरामीको ज्यान गयो

    बुटवल,३० असार । बुटवल कालिकानगरमा सोमबार विहान स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यू भएको छ। पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पुर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो।

    वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतका अनुसार मिर्गौलाका विरामी श्रेष्ठ डायलाईसिस गराउन अस्पताल जाने क्रममा सोमबार विहान साढे ५ बजेतिर दुर्घटनामा परेका थिए।

    लु १९ प २६९७ नम्बरको स्कुटरमा अस्पताल जाँदै गरेका श्रेष्ठ बुटवल १० कालिकानगरस्थित सर्भिसलेनमा रोकिराखेको ना। २ ह ७५३ नं। को अटोरिक्सा सँग ठोक्किएर दुर्घटनामा परेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए।

    प्रहरीले घटनास्थलमा स्कुटर र मृतक श्रेष्ठलाई मात्र पल्टिएको अवस्थामा फेला पारेपछि नजिकैको सिसिटिभी फुटेज हेर्दा अटोरिक्सासँग ठक्कर खाएर स्कुटर पल्टिएको भेटिएको थियो।

    त्यसपछि खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका वडा नं। २ मैनाबगरमा लुकाएको अवस्थामा अटोरिक्सा फेला परेको प्रहरी निरिक्षक बस्नेतले बताए।



    lumbinisanjal   
  • २०८२ असार ३०, सोमबार १३:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP