• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ

    • lumbinisanjal
    • २०८२ फाल्गुन १०, आईतवार ०९:११
    702
    SHARES
    रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ

    काठमाडौं ,१० फागुन । जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो पारिएको कर्फ्युमा अहिले कडाइ गरिएको हो । बिहीबारदेखि तनाव बढ्दा रौतहटमा सुरक्षा चुनौती थपिएको भन्दै जिल्ला प्रशासनले कर्फ्यु लगाएको हो ।

    बिहीबार गौरमा दुई समुदायबीच सामान्य तनावबाट सुरु भएको विवादले शुक्रबार उग्र रुप लिएको हो । पछिल्लो तीन दिमा गौरमा साम्प्रदायिक दंगा भएपछि स्थानीय प्रशासले कर्फ्यु लगाएको हो ।

    आइतबार बिहान कर्फ्यु खुकुलो हुँदा स्थानीय उपभोग्य वस्तु किनमेल गर्न निस्किएका थिए । बिहान ८ः३० देखि भने कर्फ्युमा कडाइ गरिएको छ ।

    प्रहरी प्रशासनले दंगा भड्काएको आरोपमा २० जना पक्राउ गरेको छ । प्रहरीले जनमत पार्टीका नेता शेख जमशेदसहित २० जनालाई पक्राउ गरेको हो ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १०, आईतवार ०९:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP