• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    `स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवर्द्धन´ बिषयक अन्तरक्रिया सम्पन्न

    • lumbinisanjal
    • २०८१ फाल्गुन ६, मंगलवार १०:१३
    1.6K
    SHARES
    `स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवर्द्धन´ बिषयक अन्तरक्रिया सम्पन्न

    बुटवल ,६ फाल्गुन । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सव २०८१ का अवसरमा `स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवर्द्धन´विषयक अन्तरक्रिया कार्यक्रम कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अर्यालले बुटवलले मिडिया कर्मी तथा सञ्चार गृहलाई समान व्यवहार गर्ने वताउनु भयो। उहाले देशमा दुई ठुला पार्टीहरु मिलेर देशमा सुशासन र विकासले फड्को मारेको बताउनु भयो। 

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले बोल्दै विश्वभरी आएको आर्थिक संकटसंगै न्यू मिडियाहरुको उदय भएको बताउनु भयो । उहाँले पछिल्लो समय राससको लोकप्रियता बढेकोले विश्वसनीयतामाथि प्रश्न गर्न नपरेको बताउनु भयो । उहाले स्थानीय सञ्चारमाध्यम संकटमा परेकोले सेवा लिदा न्युनतम शुल्क लिन आग्रह गर्नु भयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसीले बोल्दै समय अनुसार राससले आफ्नो व्यवसायिक तथा समाचार कन्टेन्टमा फड्को मारेको बताउनु भयो । उहाँले स्थानीय सञ्चारमाध्यमको अभिभावक रासस भएकोले पालिका बिशेष स्टोरीहरु लेख्नका लागि राससलाई सुझाव दिनुभयो ।

    त्यस्तैगरी प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष भगवती पाण्डेले सञ्चारमाध्यम संकटमा भएकोले त्यसको लागि राससले अग्रणी भूमिका खेल्नुपर्ने बताउनु भयो । त्यस्तैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अमृत गिरीले बोल्दै शुभकामना व्यक्त गर्दे राज्यले गरेका सकारात्मक कार्यहरु राससले प्रचारप्रसार गरोस् भन्ने सुझाव राख्नु भयो ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बोल्दै राज्यसँग जोडिएर प्रकाशित हुने समाचारहरु राससले बिक्री गर्न नहुने बताउनु भयो । उहाँले राससका समाचारका सेवा ग्राही र ग्राहकहरु बढेको बताउनु भयो ।

    त्यस्तैगरी नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले बोल्दै समाचार संकलन गरेर आम जनतामा सूचना सम्प्रेषण गर्ने जेठो संस्था भएको बताउदै स्थानीय र प्रदेश तहका विकास र समृद्धिका समाचारहरु राससले उठान गर्न आवश्यक रहेको बताउनु भयो।

    लुम्बिनी सञ्चार समन्वय परिषदका अध्यक्ष मिलन गाहाले बोल्दै राससले हिजो गर्ने कन्टेन्ट र आजको कन्टेन्टमा फरकपन ल्याएको वताउनु भयो ।

    उहाँले तीन तहको सरकारले मिडिया प्रतिको चासो कस्तो राखेको छ ? भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनु भयो । राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले राससको सेवाका बारेमा जानकारी गराउँदै आगामी दिनमा राससको सेवालाई थप प्रभावकारीरुपमा अघि बढाउने बताउनु भयो । राससका रुपन्देही सम्वाददाता छाया पन्तले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ६, मंगलवार १०:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP