• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कक्षा १२ को परीक्षा वैशाख १४ बाट (तालिकासहित)

    • lumbinisanjal
    • २०८२ फाल्गुन ५, मंगलवार १४:१८
    858
    SHARES
    कक्षा १२ को परीक्षा वैशाख १४ बाट (तालिकासहित)

    बुटवल ,०५ फागुन । कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेबाट हुने भएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै ०८२ सालको १२ को परीक्षा आगामी वैशाख १४ देखि २७ गतेसम्म हुने तालिका सार्वजनिक गरेको हो।

    कुनै आकस्मिक बिदा पर्न गएमासमेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने सूचनामा उल्लेख छ।

    तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ।

    गत वर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गते देखि शुरु भएको थिया। नेपाल शिक्षक महासंघले गरेको आन्दोलनका कारण गत वर्षको परीक्षा १० दिन पछि सरेको थियो।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ५, मंगलवार १४:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP