• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको मूल्य घट्यो

    • lumbinisanjal
    • २०८२ फाल्गुन ४, सोमबार १२:१६
    1K
    SHARES
    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं,०४ फागुन । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन तीन हजार रुपैयाँले र चाँदी १२५ रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० रुपैयाँ तथा एक तोला चाँदीको मोल चार हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।

    साताको पहिलो दिन हिजो आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० रुपैयाँ र त्यति नै चाँदी चार हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ४, सोमबार १२:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP