• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    महाशिवरात्रिको तयारी : आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथको चारै ढोका खोलिने

    • lumbinisanjal
    • २०८२ फाल्गुन १, शुक्रबार ०९:४७
    1.4K
    SHARES
    महाशिवरात्रिको तयारी : आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथको चारै ढोका खोलिने

    काठमाण्डौ ,०१ फाल्गुन । महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति पनि बढ्न थालेको छ ।

    पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रुपमा सजाउन थालिएको छ । नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति बढ्दै गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि पर्सि आइतवार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने निर्णय भएको छ ।

    दर्शनार्थी, साधुसन्त एवम् भक्तजनको सङ्ख्या बढेकोले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ । पशुपतिनाथको दर्शन गर्न लामो समय प्रतीक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको पनि कोषले जनाएको छ ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि खटाएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १, शुक्रबार ०९:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP