• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    “जेसीजलाई अनुकरणीय र उदाहरणीय वर्ष बनाउँछु” : अध्यक्ष यदुमणी पोख्रेल

    • lumbinisanjal
    • २०८२ माघ २५, आईतवार १६:४०
    3.5K
    SHARES
    “जेसीजलाई अनुकरणीय र उदाहरणीय वर्ष बनाउँछु” : अध्यक्ष यदुमणी पोख्रेल

    बुटवल, २५ माघ । बुटवल जेसीजको पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जेसीजको ५२औँ अधिवेशनबाट वर्ष २०२६ का लागि ५३औँ अध्यक्षका रूपमा यदुमणी पोख्रेल चयन भएपछि आयोजित विशेष समारोहमा औपचारिक रूपमा नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको हो।

    बुटवलमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन न्यौपानेले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई पदभार हस्तान्तरण गरेपछि पोख्रेलले जेसीज अध्यक्षको जिम्मेवारी ग्रहण गरेका थिए।

    पदभार ग्रहण गर्दै अध्यक्ष पोख्रेलले आफ्नो कार्यकाललाई “अनुकरणीय र उदाहरणीय जेसीज वर्ष” बनाउने दृढ संकल्प व्यक्त गरे। उनले जेसीजमा आवद्ध पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामार्फत संस्थालाई अझ सशक्त बनाइने उल्लेख गर्दै निवर्तमान नेतृत्वले सुरु गरेका तर अधुरा रहेका एजेण्डाहरूलाई निरन्तरता दिँदै नयाँ सोच, योजना र कार्यक्रमसहित सफलतामा पुर्‍याउने प्रतिवद्धता जनाए।

    “जेसीज केवल संस्था होइन, नेतृत्व उत्पादन गर्ने विद्यालय हो,” भन्दै पोख्रेलले युवाहरूलाई नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्वमा केन्द्रित गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिने स्पष्ट पारे।

    कार्यक्रममा बोल्ने वक्ताहरूले जेसीजले युवाहरूमा नेतृत्व तथा व्यक्तित्व विकास गराउने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनीहरूले विधिको शासनको अभ्यास गरेका युवाहरू राजनीतिमा प्रवेश गर्दा राजनीति र शासन प्रणालीमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।

    देश विकास र समाज रूपान्तरणका लागि जेसीजमा क्रियाशील युवाहरूको आवश्यकता अझ बढ्दै गएको वक्ताहरूको निष्कर्ष थियो।

    ५२ औं साधारणसभा तथा शाखा अधिवेशनबाट निर्विरोध निर्वाचित भई पदभार ग्रहण गर्ने पदाधिकारीहरूमा
    १. जेसी यदुमणी पोखरेल — अध्यक्ष
    २. जेसी मनोजलाल श्रेष्ठ — कार्यकारीणी उपाध्यक्ष
    ३. जेसी विकास पन्थी — कार्यकारीणी उपाध्यक्ष
    ४. जेसी शैलेस पाण्डे — उपाध्यक्ष
    ५. जेसी सरोज पोखरेल — उपाध्यक्ष
    ६. जेसी सुभाष के.सी. — उपाध्यक्ष
    ७. जेसी सम्राट विक्रम कुँवर — उपाध्यक्ष
    ८. जेसी हरि प्रसाद घिमिरे — सह सचिव
    ९. जेसी प्रज्वल भट्टराई — सह कोषाध्यक्ष
    रहेका थिए ।

    निर्वाचन आयुक्तको भूमिकामा विनोद घिमिरे रहेका थिए ।



    lumbinisanjal   
  • २०८२ माघ २५, आईतवार १६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP