• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन हुने सुलभ फार्मेसीका लागि सम्झौता

    • lumbinisanjal
    • २०८२ माघ २२, बिहीबार ०८:४६
    2.5K
    SHARES
    तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन हुने सुलभ फार्मेसीका लागि सम्झौता

    बुटवल ,२३ माघ । तिलोत्तमा नगरपालिका र बुट्स मेडिको प्रा.लि. बुटवल उपमहानगरपालिका–१०, रुपन्देही बीच सुलभ फार्मेसी सञ्चालनका लागि सम्झौता भएको छ । तिलोत्तमाको मणिग्राममा सचालन हुने गरी २५ दशमलव १० प्रतिशतसम्म छुट हुने गरी सो सम्झौता भएको हो ।

    नगरपालिकाले सञ्चालन गर्ने सो फार्मेसी सेवामार्फत नगरबासीहरुले नगरले तोकेको छुटमा बिरामी हुँदा प्रयोग गर्ने औषधी खरीद गरी सेवन गर्न सक्नेछन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले यो सम्झौता अवधि फागुन १५ गतेदेखि लागु भइ ५ वर्षसम्मका लागि हुने जानकारी दिनुभयो । सुलभ फार्मेसी सञ्चालन भएपछि नगरबासीहरुमा थप सहजता हुनेछ ।



    lumbinisanjal   
  • २०८२ माघ २२, बिहीबार ०८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP