• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार १३:१५
    2.1K
    SHARES
    पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ

    काठमाडौं, ५ फाल्गुन ।  फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको अहिले घरेलु टोली नेपाल र किर्गिस्तानबीचको खेल जारी छ। पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। विमला चौधरीले नेपालको लागि गोल गरिन्।

    दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा नेपालले किर्गिस्तान विरूद्ध दबाब बनाएको छ।‌ खेलको छैटौं मिनेटमा नेपालले मौका सिर्जना गर्यो। रेखा पौडेलले टाइट एङगलबाट हानेको प्रहारलाई कीर्गिस्तानकी गोल किपर दिलनुरा अबिबुल्लाहले बचाइन्। रिबाउन्डमा सबिता राना मगरको प्रहार बाहिरियो। यो मौका गुमे लगतै दशौं मिनेटमा नेपालले अग्रता बनायो। सबिता राना मगरले दिएको सटिक पासमा विमला चौधरीको हेडरले सही दिशा लियो।

    १८ औं मिनेटमा प्रिती राईको फ्री-किकमा विमला चौधरीको प्रहारलाई गोल किपर दिलनुराले बचाइन्। फर्किएको बलमा रेणुका नगरकोटीको लङ रेन्ज प्रहार क्रसबार माथीबाट थोरैले बाहिरियो।

    २७ औं मिनेटमा प्रिती राईको प्रहारलाई गोलकिपरले पन्च गरेर बचाइन्। यसपछि पहिलो हाफको इन्जुरी समयमा नेपालले सुनौलो मौका गुमायो। रश्मी कुमारी घिसिङको प्रहार क्रस बारमा लागेर फर्कियो।

    रिबाउन्डमा पनि सबिताको प्रहारले फेरि क्रसबारमा लाग्यो। रिबाउन्डमा रेखा पौडेलको प्रहारलाई किर्गिस्तानकी डिफेन्डरले क्लीयर गरिदिईन्। किर्गिस्तानले पहिलो हाफमा पोष्ट चार्ज समेत गर्न सकेन्। बिमलाको गोलमा नेपालले पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको छ। आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो। -हाम्रो खेलकुद



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार १३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP