• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    औद्योगिक प्रदर्शनी सफल पार्ने व्यक्ति तथा संस्थालाई रूपन्देही उद्योग संघको सम्मान

    • lumbinisanjal
    • २०८२ माघ ४, आईतवार १५:४२
    1.2K
    SHARES
    औद्योगिक प्रदर्शनी सफल पार्ने व्यक्ति तथा संस्थालाई रूपन्देही उद्योग संघको सम्मान

    बुटवल,०४ माघ । राजधानी बाहिर पहिलोपटक औद्योगिक प्रदर्शनी आयोजना गरेर पहिचान बनाएको रूपन्देही उद्योग संघलाई उक्त ब्राण्ड कायम राख्दै थप सशक्त रूपमा अघि बढ्न सरोकारवालाले आग्रह गरेका छन् । संघले २०४५ सालमा पहिलोपटक औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो भने २०५३ सालदेखि नियमित रूपमा प्रदर्शनी गर्दै आएको छ ।

    संघले यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औं औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सफल बनाउन सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन कार्यक्रम राखेर एक कार्यक्रमबीच सम्मान गरेको छ । कार्यक्रम संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

    अध्यक्ष पराजुलीले सबैको सम्नवय र सहकार्यमा प्रदर्शनी सफल बनाउन सकिएको बताउनुहुँदै यसमा साथ दिने विभिन्न उपसमितिमा रहेर काम गरेका सदस्यहरु तथा अस्थायी रुपमा सहयोग पुराउनुभएका कर्मचारीहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो ।कार्यक्रममा विभिन्न उपसमितिका संयोजक, उपसंयोजक तथा सदस्यहरूलाई सम्मान गरिएको थियो भने प्रदर्शनी अवधिमा खटिएका अस्थायी कर्मचारीहरूलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा संघका पूर्वउपाध्यक्ष भूपालकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका पूर्वअध्यक्षहरू तेजकुमार पाठक, बाबुराम बोहोरा, माधव पौडेल तथा निवर्तमान अध्यक्ष दिलिप सापकोटालगायतले औद्योगिक प्रदर्शनीले स्थानीय उद्योग, व्यवसाय र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताउनुभएको थियो ।

    महासचिव सुमन बस्यालको संचालनमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले गरेका थिए ।यसैबीच संघको नियमित बैठकले प्रदर्शनी सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई औपचारिक रूपमा धन्यवाद दिँदै माघ १५ देखि १७ गतेसम्म संघको आगामी कार्ययोजना निर्माणका लागि कार्ययोजना कार्यशाला आयोजना गर्ने निर्णय गरेको महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ माघ ४, आईतवार १५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP