• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    शेखर दाइ विशेष महाधिवेशनमा जाने सोचमा हुनुहुन्छ: सुनिल शर्मा

    • lumbinisanjal
    • २०८२ पुष २६, शनिबार १४:४५
    1.5K
    SHARES
    शेखर दाइ विशेष महाधिवेशनमा जाने सोचमा हुनुहुन्छ: सुनिल शर्मा

    काठमाडौं ,२६ पुस ।नेपाली कांग्रेसका नेता सुनिल शर्माले शेखर कोइराला विशेष महाधिवेनस्थलमा जाने प्रयासमा रहेको बताएका छन् ।

    विशेष महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा शर्माले शुक्रबार राति कोइरालासँग भेट भएको र त्यस क्रममा उनी महाधिवेशनस्थलमा जानेमा सकारात्मक दिएको बताए ।

    शर्माले भने, ‘हिजो पत्रकार सम्मेलन थियो तर शेखर दाइले पूर्णबहादुर दाइलाई फोन गर्नु भयो र भन्नु भो– हामीले अहिले रिएक्सन गर्ने काम नगर्ने, ती साथीहरू पनि हाम्रा साथीहरू हुन् त्यो हलमा हामी पनि कसरी जाने ? त्यस्तो वातावरण कसरी बन्न सक्छ, कसरी नीति महाधिवेशनमा कन्भर्ट गर्न सकिन्छ । डिजास्टर हुँदैन भने देखि सबै सकिन्छ शेरबहादुर दाइसहित सकिँदैन पूर्णबहादुर दाइ हामी सबै गएर हाम्रा साथी भाइहरूलाई पनि सम्झाएर एउटा निकासमा पुर्‍याउनुपर्छ भन्ने धारणा शेखर दाइले राखेका कारण हिजोको त्यो दुर्घटनाबाट यो पार्टी बचेको हो ।’

    उनले कोइराला पार्टी नफुटोस् भन्नेमा चिन्तित रहेको जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ पुष २६, शनिबार १४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP