• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सभामुखले बोल्न नदिएपछि रिसाएर संसद्‍बाट हिँडिन् सुमना

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार ०९:४०
    3.6K
    SHARES
    सभामुखले बोल्न नदिएपछि रिसाएर संसद्‍बाट हिँडिन् सुमना

    काठमाडौं, ५ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सोमबार संसद्‍ बैठकबाट रिसाउँदै बाहिरिएकी छन् ।पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले संसद् बैठक बहिस्कार गरेर हिँडेकी हुन् । सोमबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न खोजेकी उनलाई सभामुख देवराज घिमिरेले रोकेका थिए । समय माग्दा पनि बोल्न नदिएपछि उनी सभामुखसँग दोहोरी चलेएपछि झोंक्किँदै हिँडेकी हुन् ।

    सभामुखले सोमबार दलीय आधारमा आकस्मिक समयमा रास्वपाका अशोक चौधरीलाई बोल्न दिए । त्यसपछि एमाले सांसद सम्झना थपलियालाई बोल्न दिएर सभामुखले शून्य समयतिर बैठकलाई लगे । तर सभामुख घिमिरेले शून्यतिर बैठकलाई लगेपछि सुमना एक्लै उठेर विरोध गरिन् । रास्वपाका अरु सबै सांसद भने बसिरहेका थिए ।

    रास्वपाका अर्का सांसद चौधरीले आकस्मिक समयमा बोलिसके पनि उनलेसमेत समय मागेकी थिइन् । तर सभामुख घिमिरेले सुमनालाई बोल्ने अनुमति दिएनन् । उनले सुमनालाई सिटमा आसन ग्रहण गर्न भने । त्यसक्रममा केहीबेर चर्को स्वर पनि सुनियो । सभामुखसँग दोहोरी चलेपछि उनी बैठक छाडेर हिँडिन् । यसअघि गत माघ १८ गते हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि प्रतिपक्षी रास्वपाले १५ मिनेट बैठक बहिष्कार गरेको थियो । आफ्नो माग सुनुवाइ नभएको बताउँदै रास्वपाले अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि बहिष्कार गरेको थियो ।

    त्यसबेला हिउँदे अधिवेशन सुरू भएको जानकारी सभामुख घिमिरेले दिएपछि पार्टीका सांसदले उठेर विरोध जनाएका थिए । सभापति रवि लामिछानेलाई निलम्बन गर्ने सभामुखको निर्णयप्रति आपत्ति जनाउन रास्वपाले समय मागेको थियो ।

    तर सभामुखले बैठकमा सबै दलका सांसदले बोल्ने कार्यसूची रहेकाले शुरुमा बोल्न समय नदिने बताएपछि रास्वपाका सांसदहरूले उठेर केहीबेर अवरोध गरेपछि बहिष्कार गरेका थिए । रास्वपाले बहिष्कार गरे पनि सभामुख घिमिरेले बैठकलाई निरन्तरता दिए । १५ मिनेटको बहिष्कारपछि रास्वपाका सांसद बैठकमा फर्किएका थिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार ०९:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP