• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    सन् नेपाल लाइफ गुल्मीद्वारा इस्माका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

    • lumbinisanjal
    • २०८२ पुष १८, शुक्रबार २३:०५
    1.6K
    SHARES
    सन् नेपाल लाइफ गुल्मीद्वारा इस्माका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

    गुल्मी ,१८ पुस ।  सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गाउँपालिका–१ स्थित हिमालय माध्यमिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

    शुक्रबार विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा विद्यालयले छनोट गरेका ३८ जना विद्यार्थीलाई करिब २५ हजार रुपैयाँ बराबरका स्वीटर, टोपी र मोजा वितरण गरिएको शाखा प्रबन्धक नविन अर्यालले जानकारी दिए। जाडो मौसममा विद्यार्थीको स्वास्थ्य र पठनपाठनलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको उनले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि तथा इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले चिसो मौसममा विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएकोमा सन् नेपाल लाइफलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढ्ने बताइन्। उनले वर्तमान समयमा सबै नागरिक जीवन बीमाको पहुँचमा आउनु आवश्यक रहेको कुरामा समेत जोड दिइन् ।

    कम्पनीका लुम्बिनी प्रदेश क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले सन् नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक काम गर्दै आएको बताए। उनले पर्यावरणीय संरक्षण र दीगो विकासका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा १० लाख वृक्षारोपण गर्ने अभियानसमेत सञ्चालन हुने जानकारी दिए।

    यसअघि कम्पनीले २०८० सालमा रेसुङ्गा नगरपालिका भित्रका सडक बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो भने २०८१ सालमा इस्मा गाउँपालिकामा आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको थियो। हाल सन् नेपाल लाइफले देशका ७७ वटै जिल्लामा १४० भन्दा बढी शाखामार्फत नागरिकलाई बीमाको पहुँचमा पुर्‍याउँदै आएको छ।

    कार्यक्रममा इस्मा–१ का वडाध्यक्ष शेरबहादुर कुँवर, वडा नम्बर ३ का वडाध्यक्ष ज्योतिराज कुँवर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरा बहादुर खत्री, प्रधानाध्यापक मन बहादुर खत्री, शिक्षक, बीमा अभिकर्ता, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ पुष १८, शुक्रबार २३:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP