• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार ०६:५५
    1.7K
    SHARES
    अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै

    काठमाडौं , ५ फाल्गुन । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ ।

    ‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ’, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।’ सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ । अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार अस्पतालले डिस्चार्जको निर्णय गरिसकेको जानकारी दिएको छ तर घर फर्किने समय भने निश्चित छैन ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार ०६:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP