• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार ०४:३३
    1.6K
    SHARES
    अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै

    काठमाडौं, ५ फाल्गुन । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । जसमध्ये पहिलो खेल दिउँसो साढे १ बजे म्यानमार र लेबनानबीच हुनेछ । यस्तै, साँझ साढे ५ बजे सुरु हुने दोस्रो खेलमा नेपाल किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

    फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा २५औँ स्थान तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८औँ स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ मा किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।

    यही फागुन १४ गतेसम्म चल्ने एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्ने छन् । नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका खेलहरु राउण्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि फाइलनमा प्रतिस्पर्धा गर्ने छन् । खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसले गर्ने छ । 



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार ०४:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP