• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अध्यादेशहरू छिट्टै पारित हुन्छन् : गृहमन्त्री

    • lumbinisanjal
    • २०८१ फाल्गुन ३, शनिबार ०९:३५
    1.5K
    SHARES
    अध्यादेशहरू छिट्टै पारित हुन्छन् : गृहमन्त्री

    काठमाडौँ, ३ फाल्गुन । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरू छिट्टै पारित हुने बताउनुभएको छ । फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताउनुभएको हो ।

    उहाँले सरकारले जारी गरेको अध्यादेहरू सङ्घीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरूबिच पारित गर्ने सहमति बनेको उल्लेख गर्नुभयो ।

    शनिबार प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष नेतासहितको बैठकबारे जानकारी दिनुहुँदै गृहमन्त्री लेखकले अब छिट्टै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरू सहमत रहेको बताउनुभयो ।

    भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै राजनीतिक दलहरूबिच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने जानकारी उहाँले दिनुभयो ।

    सत्तारुढ दलहरूबिच सरकारले ल्याएको अध्यादेशहरू पारित गर्ने बारेमा शनिबार छलफल भएको हो । छलफल सकारात्मक रहेको र अध्यादेश छिट्टै स्वीकृत हुने बताउनुभयो ।

    ‘‘अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन् । मुख्य रूपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउने बारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । सकारात्मक रूपले निष्कर्षमा पुगेको छ । अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ, सबै राजनीतिक दलहरू हामी सहमत भएका छौँ । यो प्रक्रिया चाँडै अघि बढ्छ ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘राष्ट्रिय सभामा पनि बहुमत पुग्नेगरी नै छलफल भएको छ । सबै अध्यादेशलाई प्रतिस्थापन गर्नैपर्छ । अहिले हाम्रा बिचमा जुन अध्यादेशमा सहमति भएको छ, ति अध्यादेशहरू अघि बढ्छन् । भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै आपसमा छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्छौँ ।’’

    गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताउनुभयो । संविधान संशोधन सबै राजनीतिक दलहरूसँग संवाद, सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ३, शनिबार ०९:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP