• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइयो, कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुने

    • lumbinisanjal
    • २०८१ फाल्गुन ३, शनिबार ०९:२९
    2K
    SHARES
    अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइयो, कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुने

    काठमाडौं, ३ फाल्गुन  ।  पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आयोगले पोलिएको तस्बिरमा देखिन्छ । महानगर प्रमुख आचार्यको अनुहारमा पनि आगोले पोलिएको छ ।

    घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका दुवै जना लिएर सिम्रिक एयरको हेलिकप्टर काठमाडौंका लागि उडिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

    उनका अनुसार घाइते दुवै जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटलमा थप उपचारका लागि ल्याइएको हो । प्रमुख अतिथिका रूपमा पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जना घाइते भएका थिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ३, शनिबार ०९:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP