• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    युसीएमएसमा प्रोक्टोलोजीमा ‘लेजर शल्यक्रिया’ सेवा सुचारु

    • lumbinisanjal
    • २०८२ कार्तिक २७, बिहीबार ०७:५२
    8.6K
    SHARES
    युसीएमएसमा प्रोक्टोलोजीमा ‘लेजर शल्यक्रिया’ सेवा सुचारु

    भैरहवा, २७ कार्तिक । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा प्रोक्टोलोजी क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुचारु भएको छ । देवदह नगरपालिका–१२ का २१ वर्षिय प्रविण हरिजनको यस प्रविधिबाट शल्यक्रिया गरिएको हो । हाल बिरामीको अवस्था सन्तोषजनक रहेको र डिस्चार्ज समेत भएको अस्पतालले जनाएको छ ।

    यो शल्यक्रिया अस्पतालका शल्यक्रिया विभागका एसोसिएट प्रोफेसर डा.सन्तोष मिश्र, डा.सन्देश खड्का, डा.समी कुमार शाह, एनेस्थसिया विभागका प्रमुख तथा प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, डा.विजय यादव, नर्सिङ्ग स्टाफ शान्ति थापा सिंजाली लगायतको टोलीले गरेको थियो ।

    अब अस्पतालमा बिरामीहरुलाई पाइल्स, पाइलोनाइडल साइनस, एनल फिसर र फिस्टुला जस्ता रोगहरुको उपचार समेत लेजर प्रविधिबाट गर्न सकिने डा. मिश्रले सन्तोष मिश्रले जानकारी दिनभयो ।

    डा. मिश्रका अनुसार लेजर शल्यक्रिया परम्परागत (ओपन) शल्यक्रियाको तुलनामा बिरामीलाई धैरे फाइदाजनक छ । अस्पतालका अनुसार यस प्रविधिबाट गरिने शल्यक्रियामा रगत कम खेर जाने, संक्रमणदर न्यून रहने, बिरामीलाई अस्पतालको बसाई अवधि एकदमै छोटो हुने र सफलता दर उच्च छ । साथै बिरामी चाँडो नै आफ्नो सामान्य जीवनशैलीमा फर्किन सक्ने र उपचारपछि हुने पीडा पनि न्यून हुने चिकित्सकले जनाएका छन् ।

    यो सेवा सुरु भएपश्चात् रुपन्देही मात्र नभइ आसपासका जिल्लाहरुका बिरामीहरुले समेत आधुनिक, सुरक्षित र प्रभावकारी शल्यक्रिया उपचार प्राप्त गर्न थप सहज हुने अपेक्षा लिइएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताउनुभयो



    lumbinisanjal   
  • २०८२ कार्तिक २७, बिहीबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP