• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस महाधिवेशनको कार्यतालिका नआउनु दु:खद : नैनसिंह महर

    • lumbinisanjal
    • २०८२ कार्तिक २, आईतवार १३:४१
    1.7K
    SHARES
    कांग्रेस महाधिवेशनको कार्यतालिका नआउनु दु:खद : नैनसिंह महर

    कैलाली ,२ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले १५औँ महाधिवेशनको कार्यतालिका नआउनु दु:खद भएको बताएका छन् ।

    नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले समयमै महाधिवेशनको कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने बताए ।

    ‘कांग्रेस विधानअनुसार पदाधिकारीहरूको कार्यविभाजन भएको तर समयमै आ–आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा १५औँ महाधिवेशन समयमै सम्पन्न गर्न चुनौती देखिएको छ,’ उनले भने ।

    कांग्रेसले युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने महरको तर्क थियो । ‘जेन–जीको माग सम्बोधन हुने गरी कांग्रेसले नेतृत्व पुस्तान्तरण गर्नुपर्छ,’ उनले भने, ‘हामी नेतृत्व लिन सक्षम छौँ । कांग्रेसको राम्रो उत्तराधिकारी बन्न हामी सवल छौँ । हामी सांसद, मन्त्री र प्रधानमन्त्री बनेर देश हाँक्न सक्ने क्षमता विस्तार गरिसकेका छौँ ।’

    महरले देश र कांग्रेस बनाउने हुटहुटी नेतृत्वमा नपुगिकन कार्यान्वयन गर्न सहज नहुने भएकाले आफू त्यसका लागि सक्षम र तयार रहेको बताएका छन् । ‘म पार्टीभित्रको जुनसुकै जिम्मेवारीका लागि पनि तयार र सक्षम छु,’ उनले भने ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २, आईतवार १३:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP