• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    दशैंमा पनि बुटवल हस्पिटलको निरन्तर सेवा

    • lumbinisanjal
    • २०८२ आश्विन १२, आईतवार २२:५०
    4.2K
    SHARES
    दशैंमा पनि बुटवल हस्पिटलको निरन्तर सेवा

     

    बुटवल, १२ असोज । दशैंको बिदा अवधिमा पनि बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने भएको छ । असोज १३ गते दशैंको फूलपातीदेखि सरकारले सार्वजनिक बिदा दिएको भए पनि अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पर्याप्त व्यवस्था गरी सबै सेवा नियमित रूपमा उपलब्ध गराउने जनाएको हो ।

    मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनालका अनुसार इमर्जेन्सी, ओपीडी, आईसीयू, एनआईसीयू, अपरेशन लगायतका सबै सेवा निरन्तर सञ्चालनमा रहनेछन् । सरकारले १०० शैयाको अनुमति प्रदान गरेको बुटवल हस्पिटलले वर्षभरि ३६५ दिन सेवा दिँदै आएको छ ।

    अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले चाडपर्वमा स्वास्थ्य संस्था बन्द हुँदा धेरै बिरामीले समस्या भोग्नुपरेको अनुभव स्मरण गर्दै बुटवल हस्पिटल सधैं खुला रहनु पर्ने पक्षमा रहेको बताए ।

    वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठकका अनुसार चाडपर्वमा पनि बिरामीको उपचार गरेर ज्यान बचाउनु नै चिकित्सकका लागि सबैभन्दा ठूलो सन्तुष्टिको विषय हो ।

     

     



    lumbinisanjal   
  • २०८२ आश्विन १२, आईतवार २२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP